मलेशियामा धनुषाका सुरजदेव शाहलाई मृत्युदण्डको फैसला

मलेशियामा धनुषाका सुरजदेव शाहलाई मृत्युदण्डको फैसला

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

भदौ २२ काठमाडौँ । रोजगारीका लागि मलेशिया पुगेका एक नेपालीलाई त्याहाँको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मलेशियाका एक स्थानीय नागरिकको हत्या गरेकोमा दोषी ठहर गर्दै त्यस अदालतले धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्डको सजाय तोकेको छ ।

तेलीले मलेसियाको कम्पुङस्थित ३४ वर्षीय नागरिकलाई घरमै हत्या गरेको ठहर सहित १७ अगष्टमा उक्त सजाय सुनाईएको छ ।
नेपाली राजदुतावासले तेलीको जीवन रक्षाका लागि पुनरावेदन गरेको जनाएको छ ।

ती मलेशियाली नागरिकलाई करीब चार बर्ष अघि हत्या भएको जनाईएको छ ।

तेली सन् २००६ मा मलेशिया पुगेका थिए । यस अघि पनि केही नेपालीलाई मृत्यु दण्डको सजाय तोकिएको थियो । दुतावासले जीवन रक्षाका लागि उनीहरुको समेत पुनरावेदन गरेको थियो ।
यस अघि एक नेपालीलाई कतारमा गोली हानेर मृत्युदण्ड दिईएको थियो ।
राजेगारीका लागि खाडी मुलुक पुगेका नेपालीहरु विभिन्न समस्यामा पर्दै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी