रुसले तयार पारेको कोरोना बिरुद्धको भ्याक्सिन यसै साताबाट सर्वसाधारणका लागि उपलव्ध हुने

रुसले तयार पारेको कोरोना बिरुद्धको भ्याक्सिन यसै साताबाट सर्वसाधारणका लागि उपलव्ध हुने

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 34.4K
    SHARES

एजेन्सी भदौ २२ । विश्वमै सबै भन्दा पहिले रुसले तयार पारेको कोरोना बिरुद्धको भ्याक्सिन यसै साताबाट आम नागरिकका लागि उपलव्ध गरिने अधिकारीहरुले दाबी गरेका छन् । यो भ्याक्सिन रुसको पहिलो अन्तरीक्ष यान स्पतनिक भी को नाममा यस अघि ट्रायल गरिएको थियो ।
११अगष्टमा राष्ट्रपति भ्लादीमीर पुटिनले यस भ्याक्सिनको घोषणा गरेका थिए । पुटिनकी छोरी सहितमा यसको ट्रायल गरिएको थियो ।
रुसको गमलेया ईन्सटीच्युटले रक्षा मन्त्रालयसगँ समन्वय गरेर यो भ्याक्सिनको अनुसन्धान र उत्पादन गरेको हो ।
रुसी समाचार एजेन्सी तासले रसियन एकेडेमी अफ साइन्सेसका उपनिर्देशक डेनिस लोगुनोवलाई उद्धृत गर्दै रुसी स्वास्थ्य मन्त्रालयले केही दिनमै आम नागरिकका लागि भ्याक्सिनको अनुमति जारी गरे पछि लगाउन शुरु गरिने बताए ।
यो भ्याक्सिनले मेडिकल वाचडग गुणस्तर पास गरे पछि स्वास्थ्य मन्त्रालयले अनुमति आउदने सेप्टेम्बर १० देखि १३ भित्रमा प्रदान गर्ने उनले बताए ।
सेसेनोव विश्व विद्यालयका वैज्ञानिक तारासोवले रुसले २० बर्षदेखि रुसले यस क्षेत्रमा गरिरहेको मेहेनत र अनुसन्धान अहिले उपयोगी हुन सफल भएको बताए ।
भाईरस कसरी फैलिन्छ भन्ने कुराको लामो अनुसन्धान २० वर्ष पहिले देखि नै भईरहेकाले हामीले शुन्यदेखि काम गर्न परेन र भ्याक्सिन छिटो उत्पादन गर्न सजिलो भने तारासोवले भने ।
सन् १९५७ मा अमेरीका र रुसबीच शीत युद्ध चरम भएका बेला रुसले परीक्षण गरेको पहिलो अन्तरीक्ष यान स्पुतनिक भी को नामबाट यो भ्याक्सिनको नाम राखिएको छ ।
कृतिम तरीकाद्धारा बनाईएको यो भ्याक्सिनले कोरोना भाईरसको संक्रमण पछि शरीरमा देखा पर्ने प्रतिकृयाहरुलाई लक्षित गरेर बनाईएको अनुसन्धानकर्ताहरुको दाबी छ । यसलाई रोकेर ईम्युनीटी बढाउने छ ।
जुन १८ मा ३८ जनामा गरिएको परीक्षणमा सबै सुरक्षित रहेका थिए भने सबैमा ईम्युनिटी बढेको थियो ।
यो भ्याक्सिन भारत, ईरान सहित २० भन्दा बढी देशहरुमा निर्यात एवं सहकार्यमा उत्पादन गर्ने बताईएको छ ।
चीन, बेलायत, अमेरीका, युरोप लगायतका देशले पनि कोरोना बिरुद्धको भ्याक्सिनको लगातार परीक्षण गरीरहेका छन् ।
गत डिसेम्बर २०१९ बाट चीनमा देखा परेको कोरोना भाईरस्ले २ करोड ७२ लाख मानिस संक्रमित छन् भने ८ लाख ८७ हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी