वैज्ञानीक दुनियामा चीनलाइ अर्को सफलता; पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यानको विकास

वैज्ञानीक दुनियामा चीनलाइ अर्को सफलता; पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यानको विकास

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

बेइजिङ, २१ भदौ ।
चीनले वैज्ञानीक दुनियामा अर्को सफलता हासिल गरेको छ । चीनले पुन: प्रयोग गर्न सकिने यानको विकास गरेको छ ।
चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।

उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।
तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ । यानको बारेमा चिनले कुनै पनि कुरा बताएको छैन ।

सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ ।

चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो ।

अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ ।

संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी