अरेबीयाबाट नेपालका लागी उडान तालिका सार्वजनिक , हवाइ टिकटको अभाव र झन्झटिलो प्रक्रियाले नेपालीहरुको बिचल्ली

अरेबीयाबाट नेपालका लागी उडान तालिका सार्वजनिक , हवाइ टिकटको अभाव र झन्झटिलो प्रक्रियाले नेपालीहरुको बिचल्ली

अरेबीयामा पीसीआर परिक्षणको खर्च नेपाली ४० हजार सम्म !

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

साउदी अरेबीया , २१ भदौ ।
कोरोना भाइरस महामारीका कारण साउदी अरेबीयामा विभिन्न समस्या खेपीरहेका र अलपत्र परेका नेपाली नागरीकको उद्धार र नेपाल फर्कनमा सहजीकरणका लागी नेपाली दूतावास रियाद र बाणिज्य दूतावास जेद्धाले उडान तालिका सार्वजनिक गरेका छन् ।
दूतावासले रियाद र दमाम सहरमा हिमालयन एरलाइन्स र नेपाल एरलाइन्स गरी सेप्टेम्बर महिनामा १५ उडान हुने जानकारी गराएको छ भने र बाणिज्य दूतावास जेद्धाले ३ उडान तालिका सार्वजनिक गरेको छ ।

हालसम्म दूतावास रियाद र बाणिज्य दूतावास जेद्धाले स्वदेश फिर्ताका लागि तयार रहेका २३ हजार ५ सय २३ जनाको नामावली सार्वजनिक गरेता पनि स्वदेश फिर्ता हुनेको लागि हवाई टिकट र पीसीआरको सही व्यवस्थापन नहुँदा हजारौं नेपाली फर्कन सकेका छनै ।

झन्डै ७ महिनादेखि विभिन्न समस्यामा परी अलपत्र परेकाहरु चार्टर उडानबाट स्वदेश फिर्ता हुने खुशीमा रहेकाहरु हवाइ टिकट नपाउदा उतै बस्न बाध्य बनेका छन् ।
दूतावासले स्वदेश फिर्ताका लागि हवाई टिकटका लागि सम्बन्धित ट्राभल्स एजेन्सीसँग सम्पर्क गर्ने जानकारी दिए पनि साउदी सरकारको नियमको पालनालाई मध्यनजर गर्दै सम्बन्धित ट्राभल एजेन्सीले व्यवस्थापनमा समयअनुरूप स्वदेश फिर्ताका लागी तयारी रहेका नेपालीलाई टिकटको व्यवस्था गर्न नसक्दा त्यँहा रहेका हजारौं नेपालीले दुःख पाएका छन् ।

बाणिज्य दूतावास जेद्धाका अनुसार कोरोनाको असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ताको लागी दैनिकी संख्यामा बढ्दो रहेको र नेपाल सरकारले निर्धारण गरेको चार्टर उडानका लागि यात्रुले अनलाइनमार्फत रकम डिपोजिट गरी हवाई टिकट लिनुपर्ने वाध्यता रहेको जानकारी दिएका छन् ।

दूतावास रियादले स्वदेश फिर्ता हुने नेपालीको सहजीकरणको लागी एरलाईनसको उडान हुने मितिमा आवश्यक पर्ने पीसीआर रिपोट र आवश्यक डकुमेन्टसहित उडानका लागि तयार रहन विज्ञप्ति द्वारा जानकारी गराएको छ ।

साउदी अरेबीयामा पीसीआर टेस्टका लागि लगभग ४० हजार नेपाली रूपैयाँ खर्च हुन्छ ।

चार्टर उडानबाट स्वदेश फिर्ताका लागि आवश्यक पर्ने हवाइ टिकट, पीसीआर टेस्टिङ रिपोर्ट, रि इन्ट्री ,एक्जीट भीषा आदी डकुमेन्टमा धेरै खर्चिलो भएको कारण पीडित बनेका नेपालीले समयमा व्यवस्थापन गर्न नसक्दा स्वदेश फिर्ता हुनबाट बन्चित रहनुको साथै थप नेपाल क्वारेन्टाइन बसाईका लागि तिर्नुपर्ने रकमले नेपाली थप निरासा भएका छन् भने साउदीमा रहेका भातृसंगठन, एनआरएनलगायत सम्पूर्ण संघ संस्थाले आपत्ति व्यक्त गदै साउदीबाट हुने उडान नियमित रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।

कोरोना महामारीका कारण काम गर्ने कम्पनी बन्द हुदा हजारैँ नेपालीहरु काम बिहीन बस्न बाध्य भएका छन् ।
स्वदेश फर्कन सबै प्रक्रिया पुरा गर्न आवश्यक रकम नहुदाँ कैयौँ नेपालीहरु विदेशमा अलपत्र परेका छन् । अझ नेपाल आइसकेपछि क्वारेन्टिनमा लाग्ने खर्च इत्यादीले विदेशमा रहेका नेपाली नागरिकहरुको अवस्था झन् बिग्रिदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी