ट्रम्पको समर्थनमा निकालिएको डुंगा र्‍यालीका केही डुंगा डुबानमा  

ट्रम्पको समर्थनमा निकालिएको डुंगा र्‍यालीका केही डुंगा डुबानमा  

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी ।

२१ भदौ , टेक्सास ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनका लागी निकालिएको डुंगा र्‍यालीका क्रममा चार वटा डुंगा डुबेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको लेक ट्राभिसमा शनिबार ट्रम्पको समर्थनमा निकालिएको परेडका क्रममा केही डुंगा डुबेका र केही चट्टानसँग ठोक्किएका हुन्।

घटनामा कोही पनि घाइते नभएको समाचार स्रोतले जनाएको छ ।

कोलोराडो नदी थुनेर बनाइएको ट्राभिस ताल डुंगा चलाउन , माछा मार्न र पौडी खेल्नका लागि लोकप्रिय गन्तव्य हो।

‘लेक ट्राभिस ट्रम्प बोट परेड’मा धेरै नै डुंगा आउने भएपछि तालमा थप अधिकारीहरू पठाइएको समाचारमा जनाइएको छ ।

ट्रम्पका समर्थकले इच्छुकहरूले साना-ठूला सबै आकारका डुंगा ल्याएर परेडमा सहभागी हुन सक्ने भन्दै फेसबुकमा राखेका थिए।

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ। राष्ट्रपतिको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडन उम्मेद्वार बनेका छन् भने रिपब्लिकन पार्टीबाट ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ