एजेन्सी ।
भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन्। अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।
योसँग भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। तीमध्ये ८ लाख ६२ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६ सय २६ जनाको मृत्यु भएको छ।
शनिबार अहिलेसम्मकै बढी संक्रमित थपिएपछि भारत धेरै कोरोनाभाइरस संक्रमित भएका देशमा दोस्रो स्थानमा उक्लेको छ। यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अमेरिकी मुलुक ब्राजिललाई पछि पार्दै भारत अमेरिकापछि धेरै संक्रमित हुने दोस्रो मुलुक बनेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline