रुसद्वारा बिकसित कोरोना विरुद्धको खोप पुटिनकी छोरी सहित ७६ जनामा परीक्षण , सकारात्मक परिणाम

रुसद्वारा बिकसित कोरोना विरुद्धको खोप पुटिनकी छोरी सहित ७६ जनामा परीक्षण , सकारात्मक परिणाम

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी ।
रुसी वैज्ञानीकहरुले बिकास गरेका कोरोना विरुद्ध खोपको पछिल्लो समयमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरी सहित ७६ जनामा गरिएको छ । परीक्षण गरिएकाहरुबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

एजेन्सीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो ।

उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो ।
सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए ।

उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्रै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पाइए पनि अन्य कुनै गम्भीर साइडइफेक्ट नभएको पाइएको छ ।

सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरभित्र उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ