कोरियामा पहिलो पटक नेपालीमा कोरोना, एकै कम्पनीका १८ सङ्क्रमित

कोरियामा पहिलो पटक नेपालीमा कोरोना, एकै कम्पनीका १८ सङ्क्रमित

  • शुक्रबार, भदौ १९, २०७७
  • –जीवन खत्री

  • 6.8K
    SHARES

सउल, १८ भदौ । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८ सङ्क्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी