एनआरएनए जापानले सुरू गर्याे स्वास्थ्य बीमा कार्यक्रम

एनआरएनए जापानले सुरू गर्याे स्वास्थ्य बीमा कार्यक्रम

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

टोकियो, १९ भदाै । जापानवासी नेपाली समुदायको स्वास्थ्य तथा जीवन सुरक्षार्थ गैरआवासीय नेपाली संघ एनआरएनए जापानले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ।
शुक्रबार एक समारोहका बीच एनआरएनए जापानले बीमा सेवा प्रदान गर्ने कम्पनी मिराई लाईफसंग कार्यक्रम सम्झौता गरेको हो। टोकियो गोतान्दामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए जापानका अध्यक्ष तथा मिराई लाईफका कमल अधिकारी बीच सम्झौता हस्ताक्षर भएको हो।
समारोहका प्रमुख अतिथि टोकियो स्थित नेपाली राजदूतावासका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशीले बीमा कार्यक्रमले जापानवासी नेपालीहरुको स्वास्थ्य समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जापानमा नेपालीहरुको बढदो संख्यासंगै मृत्युदर तथा लामो समय अस्पताल बसेर उपचार गर्ने बिरामीहरुको चाप पनि बढेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने बताउनु भयो।
यस्तै हस्ताक्षर पश्चात आफनो धारणा राख्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले रोजगारीका शिलशिलामा जापानमा रहदाँ कुनैपनि नेपाली स्वास्थ्य उपचारका लागि नेपाल जानु पर्ने तथा कसैको मृत्यु भएमा शवलाई नेपालसम्म पुर्याउन चन्दा तथा राहत संकलन नभई व्यक्ति स्वयमले बीमा गर्दा सहज हुने भएकाले सवैमा बीमा गर्न आग्रह गर्नुभयो। सामान्य मोवाईल प्रयोगकर्ताले समेत मोवाईलको बीमा गर्ने जापानमा चलन रहेको उदहारण दिदै अध्यक्ष भण्डारीले स्वास्थ्य बीमाले आफनो मात्र नभई परिवार कै जीवनमा सहयोग गर्ने बताउनु भयो। जापानमा रहदाँ भैपरि आउदाँ जस्तो सुकै अवस्थामा पनि साथ दिदै आएको स्मरण गराउदै उहाँले मर्दापर्दा अहिलेको समयमा राहत संकलन गर्ने परिपाठीलाई परिवर्तन गर्न बीमा नै सर्वोत्कृष्ट उपाय भएको दावी गर्नुभयो। यसैका लागि एनआरएनए जापानले नेपाली समुदायमा स्वयम व्यक्तिले आफनो जीवन सुरक्षित गर्न स्वास्थ्य बीमा अनिवार्य गर्न मिराई लाईफ कम्पनीसंग सम्झौता गरिएको जानकारी दिनुभयो। यसअघि पटकपटक बीमा कम्पनीहरूसंग छलफल भएपनि यसपटक ऐतिहासिक संम्झौता भएको जानकारी गराउनु भयो।
समारोहमा मिराई लाईफका तर्फबाट कमल अधिकारीले जापानको बीमा कार्यक्रम नेपाली भाषामा सरल रुपमा सम्पूर्ण परामर्स दिने जानकारी दिनुभयो। जुनसुकै भिषा तथा जापानमा रहेका हरेक नेपालीलाई सहज पर्ने प्याकेज रहेको स्वास्थ्य बीमा कार्यक्रममा पेपर तथा अनलाईनबाट सिधै आवेदन लिन सकिने जानकारी दिनुभयो। जापानमा बसोवास गर्ने नेपालीहरूको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिएर लामो समयको प्रयासपछि कार्यक्रम सुरू गरिएको जानकारी दिनुभयो।
समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए मानार्थ सदस्य तथा जापानका सल्लाहकार कपीलदेव थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मिराई लाईफ ईन्स्योरेन्स कम्पनीका सल्लाहकार आकियोसी सावायाले मन्तव्य राख्नु भएको थियो। तामाङ समाज जापानका अध्यक्ष रूविना तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कंडेल, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन, तमुधी जापानका अध्यक्ष सौगात गुरूङ, उपाध्यक्षहरू सोममाया गुरूङ, बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपाल, कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठ, चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, दोलखा समाजका उपाध्यक्ष गीरबहादुर तामाङ, स्याङजा समाज जापानका अरमान गुरूङ, जापानी स्वास्थ्य बीमा कम्पनी ल्यासिकका अध्यक्ष साईतो मासाहिको, ल्यासिक बीमाका ईसिदा योसियुकि, एनआरएनए जापानका सचिव टिकाराम खरेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रम एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले संचालन गर्नुभएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी