भदौ १९ सोल । दक्षिण कोरियामा दुई जना नेपाली कोरोना संक्रमित भएका छन् । कोरीयामा रोजगारीका लागि पुगेका नेपालीलाई पहिलो पटक कोरोना लागेको हो ।
छुङनाम नाम्दो प्रान्तको किम्ची कम्पनीमा कार्यरत कम्पनीमा कार्यरत दुई जना नेपालीलाई कोरोना संक्रमण भएको हो । २० वर्षीया एक नेपाली युवतीलाई बुधबार टाउको दुख्ने तथा ज्वरो आउने भएपछि परीक्षण गर्ने क्रममा कोरोना देखिएको र त्यस पछि अरुको पनि परीक्षण गर्दा अर्का एक नेपाली कामदार पनि संक्रमित भएको पुष्टी भएको हो ।
कोरीयाको विभिन्न क्षेत्रमा गरी ५० हजार बढी नेपाली रोजगारीका लागि गएका छन् ।
दुतावासले यसको आधिकारीक जानकारी नभएको बताएको छ ।
दक्षिण कोरीयाले पहिलो संक्रमणको चरण लगभग नियन्त्रण गरे पनि दोस्रो पटक पुनः संक्रमण बढेको छ ।
दक्षिण कोरियामा २० हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये १५ हजार ५ सय २९ जना निको भएका जनाइएको छ । ३ सय २९ जनाको कोरोनाले मृत्यु भएको छ ।