एजेन्सी भदौ १९ । भारतीय सेना प्रमुख मुकुन्द नरवाणेले भारतको फौज विश्वकै शानदार रहेको दाबी गरेका छन् ।
लद्धाखमा चीनसगँ तनाव बढीरहेका बेला त्याहाँ पुगेका सेनापति नरवाणेले जवानहरुको मनोवल उच्च रहेको र चीनसगँ सम्भावित जुनसुकै स्थितिको सामना गर्न तयार रहेको बताए ।
चीन र भारतबीच लद्धाखमा सन् १९६२ को युद्ध पछि पहिलो गत जुन १५ मा रक्तपातपूर्ण झडप भएको थियो । जसमा २० जना भारतीय सेना मारिएका थिए ।
त्यस पछि अगष्ट २९ र ३० मा पनि झडप भएको थियो ।
लद्धाख सहित सीमा क्षेत्रमा चीन र भारत दुबैले संभावित युद्धलाई ध्यानमा राखेर लडाकु विमान, क्षेप्यास्त्र, ठूलो संख्यामा सेना, हतियार र बन्दोबस्तीका सामाग्री तैनाथ गरेका छन् ।
दुबै देशका सेनाले ब्याटल बैंकहरु एक अर्का बिरुद्ध फाईरीङ रेन्ज भित्र राखेका छन् ।
युद्धको संभावित स्थितिलाई ध्यानमा राखेर भारतले तीव्र गतिमा फ्रान्स तथा रुसबाट लडाकु विमान र क्षेप्यास्त्र प्रणाली खरीद गरीरहेको छ भने चीनले पनि उच्च हिमाली क्षेत्रमा युद्धअभ्यास गरीरहेको छ ।
भारत र चीनबीचको तनावमा अमेरीकाले भारतलाई खुलेर समर्थन गरीरहेको छ ।
चीन २० लाख सेना भएको विश्वकै ठूलो सैन्य जनशक्ति भएको मुलुक हो भने त्यस पछि १४ लाख सेना सहित भारत दोस्रो ठूलो सैन्य जनशक्ति भएको मुलुक हो ।