अजरबैजानी प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय

अजरबैजानी प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी ।
अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार बर्ष तीन महिनाको जेल सजाय तोकेको छ । उहाँको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ ।

राजधानी बाकुको एक अदालतले सरकार विरोधी मुसावत पार्टीका उपसभापति तोफिग यागुब्लुलाई देशमा गुण्डागर्दी लाई प्रोत्साहन गरेको आरोप लगाइएको उहाँकी छोरी निगियार हजीले बताउनुभयो ।

अभियोजनकर्ताहरूले यागुब्लूलाई एक विवाहित जोडीलाई शारीरिक यातना दिएको आरोप पनि लगाएका छन् । केही समय पहिले उहाँ कार दुर्घटनामा पर्दा ती महिलालाई दुब्र्यबहार गरेको पनि आरोप उहाँलाई लगाइएको छ ।

मानव अधिकारवादी समूहले उक्त फैसलालाई ‘न्यायको उपहास’ भन्दै उक्त कदमको निन्दा गर्नुकासाथै अजरबैजान सरकारलाई याग्बुलुलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ ।

उहाँको अभियोगसँगै सरकारले सरकारी आलोचकहरूलाई शान्त पार्न लामो समय देखि झुट्टा आरोपहरू लगाउने गरेको मानव अधिकारवादी उक्त समूहले बताएको छ ।

मुसावत पार्टीका नेता आरिफ गजलीले आफ्ना उप नेताको पक्राउबारे सरकारको आलोचना गर्दै भन्नुभयो, “यागुब्लुविरूद्धको अभियोग उहाँको राजनैतिक क्रियाकलापलाई कमजोर पार्ने प्रयत्न मात्र भएको बताउनुभएको छ । उहाँले अजरबैजानमा ‘न्याय प्रणाली’को पूर्ण पतन भएको सङ्केत गर्नुभएको छ ।

सजाय सुनाइएपछि ५९ वर्षीय यागुब्लुले आफुलाई राजनीतिक प्रतिशोधका आधारमा सजाय तोकिएको भन्दै सबै आरोपको खण्डन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ