रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेश आउन नियमित उडानका नाममा समेत मंहगो भाडा कसिदै, दोषी को ?

रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेश आउन नियमित उडानका नाममा समेत मंहगो भाडा कसिदै, दोषी को ?

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

भदौ १७ काठमाण्डौं । कोरोना महामारी पछि रोजगारी गुमेर र अन्य विभिन्न कारणले अलपत्र परेका हजारौ नेपालीलाई स्वदेश आउन त्यसै पनि सकस परेकै थियो । बल्ल तल्ल सरकारले नियमित उडान मार्फत स्वदेश ल्याउन लागेको खबरले उत्साहित बनेका नेपालीहरु महंगो हवाई टिकट देखि विमास्थलको ओभर स्टे चार्ज सम्म तिर्न पर्ने भए पछि निराश भएका छन् ।
रोजगारी गुमेर खान समेम समस्यामा परेका नेपालीहरु कतिले स्वदेश आउन घरबाट पैसा रिण काढेर मगाउनु परेको समेत गुनासो गरेका छन् ।
यस अघि लाग्टे टिकटको मुल्य भन्दा कैयौ गुणा बढी भाडा नियमित उडानकै नाममा लिईने भएको छ । यो टिकट चार्टर उडानमा भन्दा महंगो भएको छ । अझ उताबाट काठमाण्डौ आए पछि होटल क्वारेन्टाईनदेखि घर सम्म नपुग्दा समेत उनीहरुले खर्च गर्नु पर्ने हुन्छ । आजबाट केही मुलुकमा नियमित उडान हुने छ ।
तर, एयरलाइन्स कम्पनीहरूको टिकट दर चार्टर उडानभन्दा दुई गुणा तथा सामान्य अवस्थाको दरभन्दा सात गुणासम्म महँगो गरेका छन् । सरकारले युएई, मलेसिया, जापान, चीन, हङकङ, टर्की, कोरिया र कतारबाट नियमित उडान गर्ने जनाएको छ ।
सामान्य समयमा मलेसिया उडानमा एकतर्फी उडानको अधिकतम २२ हजार रुपैया थियो । तर अहिले नेपाल फर्कन एक लाख ४१ हजार सम्म तिर्नु पर्ने देखिएको छ । त्यस्तै युएईमा ८० हजार रुपैया सम्म तिर्नु पर्ने भएको छ जब कि यस अघि २५ः हजार रुपैया सम्ममा सामान्य टिकट पाईन्थ्यो । पर्यटन मन्त्रालयका अनुसार विदेशी एयरलाइन्सलाई २९ वटा, नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलाइन्सलाई १२ वटा उडान अनुमति दिएको छ । चार्टर उडानतर्फ २७ वटा उडानतालिका सार्वजनिक गरेको छ ।
मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलिन्दो एयरलाइन्स र मलेसिया एयरलाइन्सले नियमित उडानको अनुमति पाएका छन् ।
सबैभन्दा कम मलिन्दो एयरलाइन्सको बुधबारको उडानको टिकट दर ५१ हजार ६ सय ३० रुपैयाँ रहेको छ ।
दुबईबाट नेपाल आउन हिमालय एयरलाइन्समा ८५ हजार लाग्ने छ । एयर अरेबिया र फ्लाई दुबईले १ लाख २ हजार रुपैयाँ सम्मको टिकट बिक्री गरेका छन् ।
नेपाल वायुसेवा निगममै दुबईबाट नेपाल आउन ८० हजार रुपैयाँसम्म लिएको पीडित नेपालीले बताए ।
यसरी महंगो रकम तिर्न बाध्य पारिनुको मुख्य कारण सीमित एयरलाईन्सलाई उडान र टिकट काट्न सीमित ट्राभल एजेन्सीलाई मात्रै अनुमति दिएकोले भएको देखिएको छ ।
एयरलाईन्ससँग मिलेमतो गरेर केही सीमित ट्राभलहरुले मात्रै टिकट काटिरहेको गुनासो अन्य ट्राभल व्यवशायीको आरोप छ ।
एकातिर रोजगारी गुमेर त्यसै पनि नेपाल आउन नपाउनु अर्कोतिर आउने बखत पनि चार्टर र नियमितकै नाममा अझ बढी शुल्क लिएर समेत सबै आउन चाहने नेपाली आउन नपाउने स्थिति छ ।
विदेशमा रहने नेपालीहरुले सरकारको गैर जिम्मेवारीका कारण आफूहरुले दुखः पाएको गुनासो गरेका छन् ।
स्वदेशमा रोजगारी नभएकै कारण विदेशमा गएर देशका लागि बर्षमा खरबौ रेमिट्यान्स पठाएर अर्थतन्त्र धानेका युवाहरु अहिले आफै संकट पर्दा भने सरकारले प्रभावकारी पहल र उद्धार गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी