कोरोना विरुद्धको अस्ट्राजेनिकाको खोप तेश्रो चरणमा

कोरोना विरुद्धको अस्ट्राजेनिकाको खोप तेश्रो चरणमा

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अहिले धेरै देशहरुले कोसिस गरिरहेका छन् । यसैक्रममा अस्ट्राजेनिकाले तयार पारेको कोरोना विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अस्ट्राजेनिकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । अरु पनि खोपहरु अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा मानिसले नसोचेको रुपमा हामीले काम गरिरहेका छौं ।”उहाँले यो प्रक्रियालाई वर्षौं लाग्न सक्थ्यो भन्दै आफ्नो प्रशासनले केही महिनाभित्रैमा सफलता हासिल गर्न सकेको दाबी गर्नुभयो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ८० स्थानमा करिब ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।

अस्ट्राजेनिकाले एक व्यक्तव्य जारी गर्दै संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइनेछ ।

अस्ट्राजेनिकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाएको छ ।

अस्ट्राजेनिका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ ।

अमेरिकाका मोडर्ना र पिफाइजर कम्पनीहरुको कोरोना विरुद्धको खोपको परिक्षण तेश्रो चरणमा प्रवेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी