भदौ १६ एजेन्सी । लद्धाखमा पुनः झडप भए पछि बढ्दो तनावका बीच चीन र भारतीय सेनाले फाईरीगं रेन्ज भित्र ब्याटल टैंकहरु तैनाथ गरेको देखिएको छ ।
ईन्डिया टुडेका अनुसार दुबै देशका सेनाले दर्जनौ टैंकहरु एक अर्का बिरुद्ध लक्षित गरेर तैनाथ गरेका छन् ।
यद्यपि, कमाण्डर स्तरमा दुबै देशका ब्रिगेडर स्तरमा वार्ता समेत चलिरहेको सो समाचारमा उल्लेख छ । २९ र ३० अगष्ट राति दुबै देशका सेनाबीच झडप भएको सार्वजनिक भएको थियो । पेन्गोनबाट चीनीया सेना भारतीय भूमिमा प्रवेश गरेको भारतको दाबी छ भने भारतीय सेनाले पुनः नियन्त्रण रेखा पार गरेको चीनीया जनमुक्ति सेनाले जनाएको छ ।
सन् १९६२ को युद्ध पछि पहिलो पटक गत जुन १५ मा दुबै देशका सेनाबीच हिंशात्मक झडप भएको थियो । जसमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
आवस्यक सेनाको संख्या समेत दुबै देशले थपेका छन् । लडाकु विमान, क्षेप्यास्त्र , ड्रोन समेत सीमा नजिक केन्द्रीत गरेको बताईएको छ ।
भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर कब्जा गरेको भनिएको काला टप लाई लक्षित गरेर चीनीया ब्याटल टेंक तैनाथ भएको सो समाचारमा दाबी गरिएको छ ।
चीन र भारत दुबैले वार्ताबाट समस्याको समाधान गर्ने बताईरहे पनि सीमा क्षेत्रको तनाव पुनः बढ्न थालेको छ ।
चीन भित्र समेत भारतको गतिविधिको जवाफमा प्रत्याक्रमण माग बढेको छ भने भारतमा पनि २० जना सेनाको मृत्यु भए पछि चीन विरोधी भावना बृद्धि भएको छ ।
भारत र चीनबीच करीब ३५ सय किलो मिटर लामो क्षेत्रमा सीमा विवाद रहेको छ ।