पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी ।
भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् ।
राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सवै देशवासीमा समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिइएको शोक सन्देशमा भनिएको छ, “पूर्व राष्ट्रपति प्रणव मुखर्जी रहनुभएन । उहाँको मृत्युसँगै एक युगको अन्त्य भएको छ । उहाँको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको छ । उहाँले भारतमाताको एक ऋषिको भावनाले सेवा गर्नुभएको थियो । राष्ट्रले उसको होनाहार सपुतमध्ये एकलाई गुमाएको छ ।”

“यस शोकको घडीमा पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि साथै उहाँको परिवारजन, इष्टमित्र तथा सम्पूर्ण देशवासीमा समवेदना प्रकट गर्दछु ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत् दिएको शोक सन्देशमा भनिएको छ, “भारत रत्न प्रणव मुखर्जीको मृत्युमा सम्पूर्ण भारत शोकमग्न बनेको छ । उहाँले हाम्रो देशको विकासको बाटोमा अमिट छाप छोड्नुभएको छ । उहाँ विद्वान तथा सम्मानित राजनेता हुनुहुन्थ्यो र उहाँ समाजका सबै वर्गमा प्रशंसनीय हुनुहुन्छ ।”

“पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली । साथै परिवार जनमा समवेदना ।” त्यसैगरी भारतीय काँग्रेसका नेता राहुल गान्धी तथा अन्य नेताहरूले पनि पूर्वराष्ट्रपतिको निधन भारतको लागि अपुरणीय क्षति भन्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

भारत सरकारले स्वर्गीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै यही अगस्ट ३१ देखि सेप्टम्बर ६ सम्म ९सात दिन० राष्ट्रिय शोकको घोषणा गरेको छ । उक्त राष्ट्रिय शोकको अवधिमा राष्ट्रिय झण्डा आधा झुकाउने अन्य औपचारिक कार्यक्रमहरू स्थगित गरिने केन्द्र सरकारले बताएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृह मन्त्रालयले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ