कोरोना संक्रमित समेत भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

कोरोना संक्रमित समेत भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी भदौ १५ । कोरोना संक्रमित रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ ।
उनले आफूलाई कोरोना भएको ट्वीट आफैले गरेर जानकारी गराएर अस्पतालमा भर्ना भएका थिए ।
तर पछि उनको उनको मस्तिष्कको सर्जरी गरिएको थियो । त्यस पछि कोमामा गएका उनको आज मृत्यु भएको पूर्व राष्ट्रपति प्रणवका छोरा अभीजीत मुखर्जीले ट्वीटर मार्फत जानकारी दिएका छन् । मुखर्जीलाई १० अगष्टमा अस्पतालमा भर्ना गरिएको थियो ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । उनी पश्चिम बंगालको विरभुभ जिल्लामा सन् १९३५ डिसेम्बर १ मा जन्मिएका थिए ।
उनी भूतपूर्व प्रधानमन्त्री ईन्दीरा गान्धीका निकट सहयोगी समेत भएर काम गरेका थिए । २३ बर्ष उनले काँग्रेस आईको केन्द्रीय समितिमा बसेर काम समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ