एजेन्सी भदौ १५ । २९ र ३० अगष्ट राति लद्धाखमा पुनः भारत र चीनका सेनाको झडप भएको भोली पल्ट चीनले सीमा क्षेत्रमा अत्याधुनिक पाचाँै जेनेरेसनको लडाकु विमान जे एफ २० सीमा क्षेत्रमा उडाएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
केही समय अघि भारतले फ्रान्सबाट राफेल लडाकु विमान ल्याएर सीमा क्षेत्रमा तैनाथ गरे पछि चीनले जेफ २० होटान सहित भारतसगँ जोडिएको सीमा क्षेत्र नजिकका विमानस्थलहरुमा तैनाथ गरेको थियो ।
उडान लगातार जारी रहेको र अन्य बम बर्षक विमान समेत चीनले तैनाथ गरेको बताईएको छ ।
यता भारतले पनि राफेल सहित अन्य लडाकु विमान पनि तैनाथ गरेको छ ।
लद्धाखमा भारतीय क्षेत्रमा चीनीया सेना प्रवेश गर्न खोजेको र भारतीय फौजले विफल पारेको भारतीय सेनाको दाबी छ ।
यद्यपि, वार्ता पनि जारी रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
१५ जुनमा लद्धाखमा चीन र भारतीय सेनाबीच भएको झडपमा २० जना भारतीय सेना मारिएका थिए ।
त्यस पछि लगातार सीमा क्षेत्रमा दुबै देशबीच तनाव कायम छ । सीमा क्षेत्रमा हतियार, युद्ध पुर्वाधार विस्तार गर्नुका साथै सेनाको संख्या थपिरहेका छन् ।