एजेन्सी भदौ १५ । भारत प्रशासित कास्मीरमा एक प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि भारतीय प्रहरीले पेलेट गन प्रहार गरी दर्जनौलाई घाईते बनाएको छ ।
ती नागरिकहरुमाथि पेलेट गनका कारण उनीहरुको शरीर र आँखामा गहिरो चोट लागेको जनाईएको छ । कास्मीरमा भारतले सरकार विरोधी प्रदर्शनकारीमाथि पेलेट गन प्रहार गर्दा हजारौ कास्मीरीको आँखा बन्द भईसकेको छ ।
साथै अश्रुग्यास समेत प्रहार गरिएको जनाईएको छ ।
यसैबीच पाकिस्तानले कास्मीरका नागरिकमाथि पेलेटगन प्रहार गरेको घटनाको भत्र्सना गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका तर्फबाट आईतबार जारी गरिएको विज्ञप्तिमा जनतालाई सधै अन्धो बनाउने गरी भारतले कब्जा गरेको कास्मीरका नागरिकमाथि पेलेट गन प्रहार भएकोमा भत्र्सना गरिएको छ ।
पाकिस्तानले कास्मीरका जनताको मानव अधिकारको रक्षा हुनु पर्ने माग गरेको छ ।
पाकिस्तानले अन्तराष्ट्रिय समुदायलाई तत्काल मानवअधिकार उलंघनका विषयमा ध्यानाकर्षण गराएको छ ।
साथै कास्मीरमा लामो समयदेखि फेक ईन्काउन्टरका नाममा सर्वसाधारण मानिस मारिएकोबारे पनि पाकिस्तानले ध्यानाकर्षण गराएको छ ।