कुरान जलाएको विरोधमा स्वीडेनमा प्रदर्शन, सरकारी भवनहरुमा तोडफोड तथा आगजनी

कुरान जलाएको विरोधमा स्वीडेनमा प्रदर्शन, सरकारी भवनहरुमा तोडफोड तथा आगजनी

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी, १४ भदौ । युरोपेली मुलुक स्वीडेनमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्‍यालीका क्रममा कुरान जलाइएको थियो ।

सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारीसाधनलगायत कतिपय सरकारी भवनहरुमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

राममुस पालुदन स्वीडेनमा जारी देशको प्रवासन नीतिको विरुद्धमा लागेपछि स्वीडेन सरकारले उनलाई एक महिना जेल सजाय समेत दिएको थियो ।९एजेन्सी०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ