जर्मनीमा कोरोनाका कारण लागू गरिएको कडा नियम खारेजीको माग गर्दै हजारौ प्रदर्शनकारी सडकमा

जर्मनीमा कोरोनाका कारण लागू गरिएको कडा नियम खारेजीको माग गर्दै हजारौ प्रदर्शनकारी सडकमा

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी भदौ १४ । जर्मनीमा कोरोना संक्रमण पुनः वृद्धि भए पछि लागू भएको कडा नियमको बिरोध गर्दै हजारौ मानिस सडकमा उत्रिएका छन् । उनीहरुले सरकारी प्रतिवन्ध हट्नु पर्ने माग गरेका छन् ।
चान्सलर एन्गेला मार्केलले सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई ५० पाउण्ड जरीवाना गर्ने र भेला, सभा गर्न प्रतिवन्ध लगाए पछि आक्रोसित नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरु कतिपयले मास्क समेत च्यातेर लगाएर, कतिपयले अनौठा खालका फेस मास्क र पोशाक लगाएर बिरोधमा सामेल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ठाँउ ठाँउमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । कोरोनाका कराण लगाईएको प्रतिवन्धले नागरिकको मुल अधिकार हनन भएको उनीहरुको दाबी छ ।
जर्मनीमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार बढीरहेको छ भने मृतकको संख्या ९ हजार भन्दा बढी छ ।
यी प्रदर्शनहरुमा कुनै सामाजिक दुरीको पालना समेत नभएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ