कोरोना कम भए पछि पाकिस्तानले गर्यो स्कुल कलेज खोल्ने घोषणा, भारतमा निरन्तर बढ्दै संक्रमण

कोरोना कम भए पछि पाकिस्तानले गर्यो स्कुल कलेज खोल्ने घोषणा, भारतमा निरन्तर बढ्दै संक्रमण

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी भदौ १३ । शुरुमा भारत र पाकिस्तानमा संक्रमण दर र संख्या उस्तै उस्तै रहे पनि अहिले पाकिस्तानले कोरोनामाथि लगभग नियन्त्रण गरेको छ ।
दैनिक ६ हजार सम्म संक्रमित थपिएर कोरोना अनियन्त्रित भएको स्थितिलाई सम्हाल्ने पाकिस्तानले अहिले संक्रमण न्युन स्तरमा झारेको छ ।
अहिले पाकिस्तानमा दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिरहेका छन् । र मृत्युदर पनि उल्लेख्य छैन ।
यसै समयमा पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले अब १५ सेप्टेम्बरबाट स्कुल कलेज खोल्ने घोषणा गरेका छन् ।
साथै पाकिस्तानले पर्यटकीय क्षेत्र र आन्तरीक उडान समेत निर्देशिका बनाएर खोल्ने तयारी गरेको छ ।
पाकिस्तानले शुरु देखि नै पूर्ण प्रतिवन्धात्मक स्थितिको लकडाउन गरेन । अहिले सामाजिक दुरी, परीक्षण , मास्क जस्ता कुरालाई मापदण्ड बनाएर माईक्रो स्मार्ट लकडाउन खानले लागू गराएका छन् ।
पाकिस्तानले कोरोना नियन्त्रणमा लिएको विधिलाई विल गेट्सले समेत दुर्लभ सफलता भनेका छन् ।
यता भारतमा भने निरन्तर कोरोना संक्रमित थपिने क्रम बढेको छ । भारतमा दैनिक ७५ देखि ७६ हजार सम्म मानिस संक्रमित भईरहेका छन् भने मृतकको संख्या पनि ६२ हजार नाघेको छ । वोर्ड परीक्षा रोक्न माग गर्दै भारतमा भने विद्यार्थीहरु नै सडकमा उत्रिएका छन् ।
भारतमा पछिल्लो विवरण अनुसार ३४ लाख ६८ हजार संक्रमितको संख्या रहेको छ भने पाकिस्तानमा २ लाख ९५ हजार बढी संक्रमित छन् । त्याहाँ ६ हजार २ सय बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ