एजेन्सी भदौ १२ । दिल्लीमा केही समय अघि फैलिएको धार्मिक हिंशामा भारतीय प्रहरी पनि दोषी रहेको अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी ईन्टरनेस्नलले दाबी गरेको छ ।
प्रहरीले शक्तिको अधिक दुरुपयोग गर्दै प्रदर्शनकारीमाथि कुटपिट, यातना र हिन्दुवादीहरुसगँ प्रदर्शनमै सहभागी भएको एमनेष्टीले ठहर गरेको छ ।
भारतमा मोदी सरकारले ल्याएको नागरिकता कानुनको बिरुद्धमा मुसलमानहरुले प्रदर्शन जारी राखेका बेला हिंशा भड्किदा अधिकाम मुस्लिम समुदायका मानिस सहित ४० जना भन्दा बढीको मृत्यु भएको थियो ।
नागरिकता कानुनको बिरुद्ध भारतका अधिकाश मुस्लिम समुदाय असन्तुष्ट रहेको बताईन्छ ।
भारतले पाकिस्तान, अफ्गानिस्तान र बंगलादेशबाट आउने गैर मुस्लिमलाई नागरिकता दिने सम्बन्धि व्यवस्था गरे पछि मुसलमान समुदायले भेदभाव भएको बताउदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline