आज विदेशबाट फर्किए ४३७ नेपाली

आज विदेशबाट फर्किए ४३७ नेपाली

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौँ, ११ भदौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ । त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौँबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ ।

आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलाइन्सले काठमाडाँैँका लागि चार उद्धार उडान गर्ने तालिका रहेको छ ।

आज आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे । तारा, सीता तथा मनाङ एयर, श्री एयरलाइन्स र समीट एयरका हेलीकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी