अन्तराष्ट्रिय उडान खुले पछि पनि भारतमा भने उडान बन्द रहने, चार्टर पनि नहुने

अन्तराष्ट्रिय उडान खुले पछि पनि भारतमा भने उडान बन्द रहने, चार्टर पनि नहुने

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

भदौ ११ काठमाण्डौं । सरकारले कोरोना ब्यापक मात्रामा बढीरहेको भारतमा नियमित तथा चार्टर दुबै उडान नगर्ने भएको छ । भदौ १६ पछि शसर्त नियमित र चार्टर उडान गर्ने भनेर सार्वजनिक गरीसकेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको भदौ १६ देखिको चार्टर्ड तथा नियमित उडान तालिकामा भारतको कुनै पनि गन्तव्य तोकिएको छैन ।

नेपालमा लकडाउन सुरु हुनुअघि नेपाल वायुसेवा निगमले मात्रै दिल्लीमा साताको १४, बैंगलोर र मुम्बईमा साताको ३–३ उडान भर्दै आएको थियो ।

भारत सरकारले हाललाई उडान अनुमति नदिएको, सबै विमान कम्पनीले गरेर दैनिक पाँच सय मात्रै नेपाली ल्याउन अनुमति भएको र भारतमा रहेका नेपालीहरू सडकमार्गबाट समेत आउन सक्ने भएकाले यसपटकको नियमित र चार्टर्ड उडानमा भारतलाई नसमेटिएको बताईएको छ ।
सरकारले पिसिआर परीक्षण सहज भएका मुलुकबाट नियमित र असहज भएका मुलुकबाट चार्टर्ड उडान गर्ने भने भारतबाट तत्काल नगर्ने भएको हो ।

हाल पर्यटन मन्त्रालयले स्वीकृत गरेको उडान तालिका अनुसार भदौ १६ देखि असोज १४ सम्म ६० वटा नियमित उडान हुनेछ । उक्त एक महिनामा २७ वटा चार्टर्ड उडान हुनेछन् ।
भारतबाट नेपालीलाई आउन १० वटा नाका खुल्ला गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी