भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा

भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी ।
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहनुभएको छ । उहाँको उपचार भारतीय सैनिक अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।

सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको छ ।
उहाँलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको जनाइएको छ ।

सो अस्पतालमा गत अगष्ट १० मा उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ