भारतका पूर्व सेनापति एवं चिफ अफ् डिफेन्स स्टाफ जनरल विपीन रावतले २४ अगष्टमा चीन बिरुद्ध ३१ शब्दमा टिप्पणी गरे । जसलाई भारतको धेरै अखबारको पहिलो पन्नामा छापियो ।
उनले समाचार एजेन्सी सगँ भनेका थिए, लद्धाखमा चीनीया सेनाको अतिक्रमणको सामना गर्न सैन्य विकल्प खुल्ला छ , यदी कुटनीतिक र सैन्य स्तरमा वार्ता सफल नभएमा ।
यसलाई पूर्व भारतीय सैन्य अधिकारीहरुले सकारात्मक प्रतिकृया पनि जनाएका छन् तर वास्तविकस्ता कस्तो छ त चीन र भारतको ?
चनिको भौगोलिक सीमा २२ हजार किलो मिटर छ भने तटीय सीमा १८ हजार किलो मिटर छ । यस बाहेक विदेमा पनि चीनीया सेनाको संरचना छ । जिबुटीमा उसको सैन्य बेस छ । भारतमा हरेक सेनाको आफ्नो आफ्नो सेनाको कमाण्ड छ तर चीनमा भौगोलिक हिशाबले पाँच वटा थिएटर कमाण्ड छ ।
सन् २०१९ मा स्वेत पत्र जारी गरेर चीनमा सक्रिय सेनाका ३ लाख जवान घटाईयो । अहिले सक्रिय सेना २० लाख छ । थल सेना कम गरे पनि हवाई सेना, नेवी, रकेट फोर्स परमाणु मिसाईलको भण्डार समेत रहेको छ । सन् २०१२ मा चीनले सेनामा धेरै खर्च गर्यो । जवानहरुको तलब बढाउने, पुरानो हतियार किनेर नयाँ बनाउने जस्ता बन्दोबस्तीमा ।
तर भारतीय विज्ञहरु यसमा शंका गर्दछन् र चीनीया सेनामा युद्ध अनुभवको कमी समेत रहेको बताउछन् ।
भारतको सैन्य विकल्पको मतलव के हो ?
३४ सय ८८ किलो मिटर लामो सीमामा भारतीय सेना आफैमा चीनसगँ रक्षात्मक युद्धमा लागेको देखिन्छ । यसको सिधा मतलव के हो भने लडाई सामुन्नेमा आउने दुस्मनलाई मार्ने ।
जनरल हुड्डा भन्छन् , चीनलाई लिएर भारतको रणनीति पाकिस्तान भन्दा भिन्न छ । पाकिस्तानसगँ हामी आक्रामक हुन्छौ । विभिन्न क्षेत्रमा उनीहरुलाई धम्की पनि दिईरहन्छौँ । तर चीनको मामलामा भारतको धम्क्याउने मामलामा समेत रक्षात्मक रणनीति अपनाउछौँ भने हामी चीनसगँ युद्धको कल्पना गर्दैनौ ।
हुड्डा अगाडी भन्छन्, यसको मतलव यो होईन कि हामी एलएसी पार गरेर हमला गर्न सक्दैनौ । आवस्यक पर्दा त्यो गर्नु पर्छ । भारतले माउन्टेन स्ट्राईक कोप्र्सको गठन यही उदेश्यले गरेको थियो ।
हुड्डाले लद्धाखको जमिन धेरै उचाईमा रहेको तर समथर रहकाले एलओसीको जस्तो पहाड नरहेकाले सडक नेटवर्क राम्रो रहेको, अधिकाशं चौकीमा सडकबाट आवत जावत गर्न सकिने स्थिति छ तर यतिले नै लद्धाखको भुगोल भारतको अनुकुल छ भन्न मिल्दैन भने । उनले चीनको मुलुभुत संरचना राम्रो रहेको बताए ।
अझ समुन्द्र क्षेत्रको मामलामा बिग्रियो भने के स्थिति हुन्छ ? यसबारे नौसेनाका पुर्व प्रमुखले भारत आफू मजबुत रहेको हिन्द महासागर क्षेत्रमा जाने बताए ।
उनले दक्षिणी चीनीया सागरमा चीन विरद्ध हमला गर्न भारत गयो भने हैरान हुने बताए ।
कतिपय विज्ञहरुले भारतको लागि सैन्य विकल्प प्रयोग गर्दा हवाई सेना प्रयोग राम्रो विकल्प हो भन्दछन् । यो यस्तो अनुमानका आधारमा भनिएको छ कि भारतीय एयरबेस कम उचाईमा उड्नु पर्ने भएकाले भारतीय जहाज अधिक तेल र हतियार लान सक्छ । त्यँही चीनीया सेनालाई तिव्वतको पठार र बढी उचाई पार गर्नु पर्ने भएकाले उसको तेलमा अधिक खर्च हुन्छ ।
तर यो सबैथोक होईन । पूर्वी एयर कमाण्डका प्रमुख रहेका रिटायर्ड मार्सस खोसला भन्छन्, भारतलाई टी ३ अर्थात टेक्नोलोजी, भुगोल( टेरेन ) र ट्रेनिगंको फाईदा रहेको छ । प्रविधिमा चीन अगाडी छ ।
उनले चीनको वायुसेना उत्कृष्ट रहेको तर्क गर्दै खाडी युद्धको समयमा आफ्नो वायु सेनालाई आधुनिक बनाउन थालेको थियो र अहिले निकै राम्रो बनाएको बताए ।
खोसला भन्छन्, भारतमाथि चीन भारी पर्नुको कारण चीनको स्वदेशी रक्षा विनिर्माण हो । जसले गर्दा उनीहरुले हतियारको आपुर्ति देशभित्रैबाट गर्दछन् । जब कि भारतले यस दिशामा काम गरीरहेको छ तर आयातित हतियारमाथि भर पर्नु पर्ने स्थिति छ ।
यस्तै जब साईबर र अन्तरीक्ष क्षमताको कुरा आँउछ फेरी चीन हावी हुन्छ ।
रिटायर्ड जनरल शतीस दुआ भन्छन्, चीनले साईबर आर्मी बनाउने कुरामा ठूलो सफलता पाएको छ । चीन जहाँ पुगिसकेको छ हामी त्याहाँ पुग्ने सोचिरहेका छौँ ।
-बिबिसी हिन्दीबाट संभावित अंश