दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच टेलिफेनमा कुराकानी

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच टेलिफेनमा कुराकानी

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान बीच टेलिफोनमा कुराकानी भएको छ ।

युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु भएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गर्नुभएको छ ।
टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उहाँहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो ।
त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उहाँहरुले कुराकानी गर्नुभएको जनाएको छ ।

दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ