एजेन्सी भदौ १० । अमेरीकाको केनोसामा ज्याकोब बेलेक नाम गरेका २९ बर्षे काला नागरिकमाथि उनका तीन बच्चाहरुको आँखै अगाडी गोली हानेको बिरोधमा सो राज्य सहित अन्य शहरमा हिंशात्मक प्रदर्शन तीव्र बनेको छ ।
प्रहरी बिरुद्ध नाराबाजी गर्दै हतियार बोकेरै नागरिक सडकमा उत्रिएका छन् । प्रहरीको गाडी, सरकारी भवनहरुमा उनीहरुले आगो लगाईरहेका छन् ।
रो क्षेत्रमा सरकारले संकटकाल लगाएको छ । तर पनि प्रदर्शन र आगजानी रोकिएको छैन ।
केही समय अघि मेनियापोलिसमा हिरासतमा रहेका जर्ज फलेईडलाई घाँटीमा घुडाँले थिचेर हत्या गरेको बिरोधमा ब्लाक लिभ म्याटरका नाममा देशभर उग्र आन्दोलन भएको थियो ।
त्यस पछिको सबै भन्दा ठूलो हिंशात्मक प्रदर्शन पुन चर्किएको हो ।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षागार्ड बोलाउन स्थानीय सरकारलाई भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline