अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा द्धिपक्षीय वार्ता

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा द्धिपक्षीय वार्ता

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी ।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता भएको छ । दुइ विदेशीमन्त्रीबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ ।
उहाँहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

दुइ मन्त्रीबीच इजरायलमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ– विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उहाँहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो । साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार (पिस भिजन) का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओ इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमणका क्रममा निस्किनुभएको हो । उहाँ सोमबार इजरायलमा हुनुहुन्थ्यो । अमेरिकी विदेशमन्त्री पोम्पेओ यही अगष्ट २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमणका लागि निस्किनुभएको थियो ।

भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुभएको छ ।
त्यस्तै उहाँले सुडानका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नुहुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ