भदौ ८ एजेन्सी । अमेरीकी राज्य विस्कान्सिनमा एक काला नागरिकमाथि फेरी गोरा प्रहरी अधिकारीहरुले उनका तीन छोराछोरीकै अगाडी टाउकोमा सात गोली हाने पछि त्यसको चौतर्फी बिरोध भएको छ ।
प्रहरीले आफ्नो गाडीमा छिर्न खोजेका ती काला युवालाई छोरा छोरीकै अगाडी लगातार पेस्तोलबाट गोली हानेको थियो ।
ज्याकब ब्लाक नाम भनिएका ती युवालाई गंभीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । यो घटना आईतबार भएको डेली मेलले जनाएको छ ।
सो घटना पछि जम्मा भएका स्थानीयले अत्याचारको बिरोध गर्दै नाराबाजी गर्दै प्रहरी माथि ईट्टा हानेका थिए ।
उनीहरुले नो जस्टिस नो पिस भन्दै नाराबाजी गरेका छन् । विरोध प्रदर्शन चर्किए पछि सो क्षेत्रमा कफ्र्यु लागेको र घटनामा गोली चलाउने प्रहरी अधिकारीलाई अनुसन्धान गरेर कार्बाही गर्ने बताईएको छ ।
केही समय पहिला जर्ज फ्लेईडलाई घाँटीमा घुँडाले थिचेर प्रहरीले हत्या गरे पछि अमेरीका भर ब्लाक लाईभ म्याटर नारामा आन्दोलन भएको थियो ।
अझै पनि काला नागरिकमाथि गोरा प्रहरी अधिकारीको अत्याचार कम नभएको गुनासो बढीरहेको छ ।
