एजेन्सी भदौ ८ । उत्तर कोरीयाका युवा राष्ट्रपति किम जोङ उन फेरी गंभीर विरामी परेको र कोमामा गएको दक्षिण कोरीयाका केही अधिकारीले दाबी गरेका छन् ।
अहिले उनी कोमामा रहेका बेला सत्ता सम्हाल्ने अधिकार बहीनी किम यो जोङलाई दिईएको पनि ती अधिकारीको दाबी छ ।
यस विषयमा उत्तर कोरीयाबाट कुने प्रतिकृया आएको छैन । केही समय अघि पनि किमको मृत्यु भएको वा गंभीर बिरामी रहेको हल्ला चलेको केही समय पछि उनी सार्वजनिक भएका थिए ।
दक्षिण कोरीयाका पूर्व गुप्तचर अधिकारी चांग सोन मिनले यो दाबी गरेका हुन् ।
उनले दक्षिण कोरीयाली सञ्चार माध्यमसगँ कुरा गर्दै किम कोमामा रहेको तर जीवितै रहेको दाबी गरेको दक्षिण कोरीयाली समाचार संस्था योनहापले समाचार लेखेको छ ।
किम बिरामी परेको खबरले दक्षिण कोरीयाका गुप्तचर अधिकारीहरुको बैठक समेत बसेको थियो ।
किमको अनुपस्थितिमा उनकी ३३ बर्षे बहीनी किम यो ले देश चलाउने छिन् ।