वार्ताबाट नमाने लद्धाखमा चीन विरुद्ध आक्रमण गर्ने भारतका पूर्व सैन्य प्रमुख रावतको चेतावनी

वार्ताबाट नमाने लद्धाखमा चीन विरुद्ध आक्रमण गर्ने भारतका पूर्व सैन्य प्रमुख रावतको चेतावनी

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.9K
    SHARES

एजेन्सी भदौ ८ । भारतीय सेनाका पुर्व प्रमुख एवं डिफेन्स स्टाफका प्रमुख जनरल विपीन रावतले लद्धाखमा यदी चीनले वार्ताबाट अटेर गरे सैन्य कार्बाही गर्ने चेतावनी दिएका छन् ।
उनले हिन्दुस्तान टाईम्ससगँको कुराकानीमा लद्धाखमा चीनीया अतिक्रमण रोक्न सैन्य कार्बाहीको विकल्प बारे बिचार भईरहेको बताए ।
लद्धाखमा जुन १५ मा दुबै देशका सेनाबीच हतियार विहीन तर रक्तपातपूर्ण झडप पछि लगातार सैन्य तथा कुटनीतिक स्तरमा वार्ता जारी रहेका बेला रावतको यो भनाई आएको हो । उक्त झडपमा भारतीय सेनाका कर्णेल सहित २० सेना मारिएका थिए ।
उनले शान्तिपूर्ण रुपमा भारतले विवादको समाधान चाहेको बताउदै सेनाले सम्पूर्ण तयारी पुरा गरेको समेत दाबी गरे ।
लद्धाखबाट डेढ किलो मिटरका दरले दुबै देशका सेना फिर्ता गर्ने चीन भारतबीच सहमति भएको थियो ।
तर पनि ३५ सय किलोमिटर भन्दा बढी विवादीत सीमा क्षेत्रमा दुबै देशले सेना र हतियारको केन्द्रीकरण तीव्र पारेका छन् ।
वास्तविक नियन्त्रण रेखामा पहिलाको जस्तो स्थिति बहाल नभएमा सैन्य कार्बाहीका लागि रक्षा सेवा हमेसा तयार रहेको रावतको भनाई छ ।
लद्धाखमा चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । जसमा भारत पराजीत भए पछि डोकलाम सहितका क्षेत्रमा सन् २०१७ मा विवाद भएको थियो भने जुन १५ मा लद्धाखमा रक्तपातपूर्ण झडप भएको थियो ।
पछिल्लो समय भारतले चीनसगँ सभावित युद्धको तयारी स्वरुप फ्रान्सबाट खरीद गरेको राफेल लडाकु विमान, क्षेप्यास्त्र , टैंकहरु बोर्डरमा तैनाथ गरेको छ ।
चीनले पनि स्टेल्थ फाईटर जे एफ २०, ड्रोन, टैंक र ४ हजार किलो मिटर सम्म मार हान्न सक्ने परमाणु हतियार सम्पन्न देगंफेंग २६ जस्ता घातक हतियार केन्द्रीत गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ