कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

भदौ ८ काठमाण्डौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्बर्गमा थप एक जनाको ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

समितिका अनुसार पछिल्लो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबियालगायत देशमा कोरोना सङ्क्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भएको उल्लेख गर्दै नेपाली समुदायलाई सजक रहन आग्रह गर्नुभयो ।

विदेशमा मात्र ३४ हजार ३०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै सङ्घका अध्यक्ष पन्तले सो आग्रह गर्नुभएको हो ।

सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उहाँले बताउनुभयो । नेपालमा आफ्mन्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन अध्यक्ष पन्तले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सङ्घले सरकारले ससर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न पनि आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्र परेकामध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो । सङ्घका अनुसार मध्यपूर्वका देशमा अझै एक लाख बढी नेपाली उद्धारको पर्खाइमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी