भदौ ७ टोकियो । बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोगद्वारा पीडित भई हाल कोरोना भाइरसको कारण डाक्टरको निर्देशन अनुसार घरमै उपचार गरि रहेकी काभ्रे,रोशीगाउँपालिका ३ की पार्वती तामाङ बचाउन अभियान अन्तर्गत जापानमा रहेका युवाहरुले ५ लाख बढी सहयोग जुटाएका छन् ।
जापानमा कार्यरत अखिल तामाङ थिङ र गोपाल तामाङ थोकरको सक्रियतामा ,काभ्रेली समाज जापान् , जापान तामाङ समाज केन्द्रीय अध्यक्ष रुबिना तामाङको सक्रियतामा नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, (फुकुओका ) नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, (किताकान्तो ) नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, (ओकीनावा) का सहयोगीबाट जम्मा ५ लाख ३२ हजार १० रुपैया संकलन गरीएको गुञ्जमान लामा लोप्चनले जानकारी दिए ।
हाल पार्वतीको उपचारमा ठूलो रकम लाग्ने भएको परिवारले कठिनाई झेल्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline