एजेन्सी ।
कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेहरुको संख्या तिस लाख नजिक पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार शनिबारसम्म कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको अधिकारीहरुले जनाएका छन् ।
भारतमा कुल संक्रमित मध्य २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् भने छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
संक्रमित मध्य ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline