एजेन्सी भदौ ६ । ईरानमाथि अन्तराष्ट्रिय प्रतिवन्ध कायम राख्नु पर्ने अमेरीकी प्रस्तावमा सुरक्षा परिषद्का सदसय राष्ट्रहरु सबैजसोले साथ नदिए पछि अमेरीका एक्लो परेको छ ।
ती सदस्य राष्ट्रहरुले ईरानमाथि प्रतिवन्ध गलत रहेको ठहर गरेका छन् ।
रोयटर्सका अनुसार १५ सदस्य राष्ट्र मध्य १३ देशले अमेरीकी प्रस्तावको बिरोध गरेका थिए भने एक देश तठस्त रहेको र एक देशले समर्थन गरेका थिए ।
रुस, चीन, बेलायत, फ्रान्स, जर्मन लगायतका देशले ईरानसँग सम्पन्न परमाणु सम्झौता मुताविक जानु पर्ने अडान लिएका छन् ।
अमेरीकाले यो सम्झौता दुई बर्ष अघि तोडेर पुनः प्रतिवन्ध कायम राख्नु पर्ने माग गर्दै आएको छ ।
ईरानलाई अमेरीकाले मध्यपुर्वको शत्रुका रुपमा व्यहार गर्दै आएको छ ।
यो प्रतिवन्ध खुलेमा ईरानले रुस र चीनबाट थप अत्याधुनिक हतियार खरीद गर्न सक्ने अमेरीकाको दाबी छ ।
बेलायत लगायतका सहयोगदी देशले समेत साथ नदिए पछि अमेरीकालाई कुटनीतिक रुपमा झड्का लागेको छ ।