कोरियामा कोरोना संक्रमितको संख्या बढेसंगै त्यहाका सयौँ विद्यालयहरू बन्द

कोरियामा कोरोना संक्रमितको संख्या बढेसंगै त्यहाका सयौँ विद्यालयहरू बन्द

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी ।
दक्षीण कोरियामा कोरोना भाइरस सङ्क्रमण शुक्रबार उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । यस अघी कोरोना महामारिकै कारण ८३८ विद्यालय बन्द भएका थिए ।

विद्यालय बन्द भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले ताएको छ ।

पछिल्ला केही हप्ता यता सङ्क्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका हुन् ।

सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन् । त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन् । उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ ।।

दक्षिण कोरियाको गेओङजी प्रान्तको योङ्जिन र पाजु तथा बन्दरगाह शहर बुसनमा पनि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विद्यालयहरू बन्द भएका छन् ।

सियोलमा २४ घण्टाको अन्तरालमा बुधबार सात विद्यार्थी तथा तीन शिक्षक गरी १० व्यक्ति सङ्क्रमित बनेपछि सङ्क्रमण फैलिएका शहर तथा गाउमासमेत विद्यालयहरू बन्द हुन थालेका हुन् ।

दक्षिण कोरियामा विगत २४ घण्टामा थप ३२४ सङ्क्रमित भएका पुष्टि भएको छ । लगातार आठौँ दिन सङ्क्रमितको सङ्ख्या तीन अङ्क देखिएको हो । गत मार्च ८ पछि पहिलो पटक ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएपछि सरकारले नियन्त्रणका थप उपायहरूलाई ल्याएको बताइएको छ ।

दक्षिण कोरियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १६ हजार ६७० रहेको छ भने ३०९ सङ्क्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ