ड्रोन हमलामा मारिएका इरानी कमाण्डर सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

ड्रोन हमलामा मारिएका इरानी कमाण्डर सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

इरानी हतियारहरु उच्च गुण सम्पन्न हुनपर्छ: राष्ट्रपति हसन रौहानी

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी ।
जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका इनारी कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।
उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो ।
राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताउनुभएको छ ।

व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताउनुभयो । बग्दादको नजिक जनरल सुलेमानीसँगै मारिएका इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको छ ।

कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको रक्षामनत्रीले बताउनुभयो । उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरेको थिए ।

“इरानी हतियारहरू सजिलै पुनः उत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ ।” राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भन्नुभयो ।

राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रामणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पुर्याउने लक्ष्य नराखेकनरहेको राष्ट्रपति रौहानीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ