एजेन्सी भदौ ४ । पाकिस्तानका रेल मन्त्री शेख रसीद अहमदले यदी भारतले पाकिस्तानमाथि आक्रमण गरेमा अब कुनै परम्परागत युद्ध नहुने सोझै परमाणु हमला गर्ने चेतावनी दिएका छन् ।
एक टेलिभिजन च्यानलमा दिएको अन्तवार्तामा मन्त्री रसीदले भारतको संभावित आक्रमण बिरुद्ध पाकिस्तानले तयारी गरेको र यदी पहिला भारतले हमला गरेमा यसको जवाफ परमाणु बमले दिने र असम सम्म निशाना बनाउन सक्ने पनि दाबी गरे ।
पाकिस्तानसगँ अब परम्परागत युद्धको गुन्जायस नरहेको, क्याल्कुलेटेटेड र निशानामा पक्का मार हान्न सक्ने हतियार रहेको भन्दै रसीदले अब सिधै रक्तपातपूर्ण अन्तिम परमाणु युद्ध हुने दाबी गरे ।
भारत र पाकिस्तानबीच लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहदै आएको छ ।
अब पाकिस्तानले चीन, रुस, नेपाल, श्रीलका सहितका देशको ब्लकमा सामेल हुनु पर्ने पनि उनले सुझाव दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline