दुबई एयरपोर्टमा एक सय अलपत्र यात्रु छाडेर रित्तै फर्कदै नेपाल वायुसेवा निगमको विमान

दुबई एयरपोर्टमा एक सय अलपत्र यात्रु छाडेर रित्तै फर्कदै नेपाल वायुसेवा निगमको विमान

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

भदौ २ काठमाडौं । नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आ करीब एक सय यात्रुलाई अलपत्र छाडेर रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेका छन् ।
हिजो बाट मात्रै पाँचौ चरणको उद्धार उडान शुरु गर्ने भनेर नेपाल वायुसेवा निगमको जहाज त्यता गएको थियो ।
सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भन्दै पत्राचार गरे पछि निगमको जहाज रित्तै फर्कन लागेको हो ।

सीसीएमसीले केही स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको कारण देखाउँदै उद्धार उडान रोक्न पत्र पठाएको थियो ।

सीसीएमसीको सोही आग्रह अनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरेसंगै विदेशका एयरपोर्टहरुमा यात्रुहरु अलपत्र परेका हुन् ।

स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगेका नेपालीहरु विमान रित्तै फर्किने खबरले थप पीडित भएका छन् ।

उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने माग गरेका छन् ।

यता नेपाल एयरलाइन्सले भने सरकारको यो निर्णयले एयरपोर्ट पुगेका यात्रुहरुले सास्ती पाएको र निगमलाई समेत घाटा लागेको जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले सरकारको निर्णयसंगै दुबई पुगेको जहाज पनि रित्तै फर्कन बाध्य भएको जानकारी दिईन् ।

यात्रुहरुले टिकट काटेको पैसा फिर्ता पाउने वा अर्को उडान भएपछि व्यवस्थापन गरिने निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी