फिलिपिन्स र मेक्सीकोका राष्ट्रपति स्वयं कोरोना बिरुद्ध रुसले तयार पारेको भ्याससिन लगाउन तयार

फिलिपिन्स र मेक्सीकोका राष्ट्रपति स्वयं कोरोना बिरुद्ध रुसले तयार पारेको भ्याससिन लगाउन तयार

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी भदौ २ । विश्वमा ठूलो महामारीका रुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध रुसले सबै भन्दा पहिले तयार पारेको भ्याक्सिन लगाउन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरे र मेक्सीकोका राष्ट्रपति आन्द्रेज़ मेनवेल लोपेज़ ओबराडोर तयार भएका छन् ।
उनले नियमित पत्रकर सम्मेलनमा यो भ्याक्सिन लगाउने पहिलो मान्छेहरुको सूचीमा आफू पनि पर्न तयार भएको बताए ।
मेक्सिकोमा कोरोनाले ५६ हजार बढी मानिसको मृत्यु भईसकेको छ भने साढे ५ लाख बढी संक्रमित भएका छन् ।
फिलिपिन्सका राष्ट्रपतिले यस अघि नै घोषणा गरीसकेका थिए भने मेक्सीकोका राष्ट्रपति ओबराडोरले हालै उक्त घोषणा गरेका हुन् ।

शुरुमा विरोध गरे पछि पछिल्लो समय अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत रुसी भ्याक्सिन प्रति सकारात्मक भएका छन् ।
रुस कोरोना बिरुद्धको भ्याक्सिन तयार पार्ने विश्वमै पहिलो राष्ट्र बनेको छ ।
पहिलो खेपको उत्पादन उसले तयार पारीसकेको छ ।
विश्वका २० भन्दा बढी देशले कोरोना बिरुद्धको रुसी भ्याक्सिन खरीद गर्न तयार भएको बताईएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनकी छोरीलाई पहिलो पटक औपचारीक रुपमा यो भ्याक्सिन दिईएको थियो ।
२ महिना ट्रायल पछि यो भ्याक्सिन रुसले दर्ता गरेको थियो । यही सेप्टेम्बर महिनाबाट उत्पादन बृद्धि गर्ने र अक्टोबरबाट आम मान्छेमा उक्त भ्याक्सिन दिईदै छ । रुसले आफ्नै देशका ३ करोड नागरिकलाई उक्त भ्याक्सिन लगाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ