कोरोना भाइरसका कारण विश्वमा सात लाख ७३ हजार बढीको मृत्यु , दुई करोड १८ लाख बढी संक्रमीत

कोरोना भाइरसका कारण विश्वमा सात लाख ७३ हजार बढीको मृत्यु , दुई करोड १८ लाख बढी संक्रमीत

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी ।
चिनको वुहान सहरबाट गत डिसेम्बरबाट विश्वमा फैलिएको कोरोना भाइरस अहिले सुनामी झै फैलिएको छ । यो भाइरसले हाल सम्म दुई करोड १८ लाख २८ हजार बढीमा संक्रमण गरीसकेको छ ।
यो भाइरसले हालसम्म सात लाख ७३ हजार ११४ बढीको ज्यान लिइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ ।
त्यस्तै सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएको डब्लुएचओले जनाएको छ भने ६४ लाख ९० हजार ६४२ बढी उपचारकै क्रममा रहेका छन् । सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था भने गम्भीर रहेको सो संगठनले जनाएको छ ।

डब्लुएचओकाअनुसार कोरोना भाइरसका कारण बडी प्रभावि भएको छ । संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् भने यस भाइरसका कारण १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार १४७ को मृत्यु भएको छ ।

एसियामा ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।

ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ