एजेन्सी ।
न्यूजील्यान्डमा फेरी कोरोना भाइरस संक्रमणका नयाँ बिमारी देखिएसगै आमनिर्वाचनको चुनाव चार हप्ता पछि सरेको छ । कोरोना मुक्त देश घोषणा गरीएको न्यूजील्यान्डमा फेरी कोरोना संक्रमित बिरानी फेला परेपछि त्याँहाकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आमनिर्वाचन सरेको घोषणा गर्नु भएको छ ।
यो भन्दा अगाडी न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो ।
न्यूजील्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको प्रधानमन्त्री आर्डेनले बताउनुभयो ।
न्यूजील्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन जारी गरेको छ । यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ ।
आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित हालसम्म न्यूजील्यान्डमा ४९ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ ।