एजेन्सी, ३२ साउन । भारतमा एक १३ बर्षिया बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको छ । उत्तर प्रदेशको लखीमपुर खीरी जिल्लाकाे इसाननगर थाना क्षेत्रमा रहेकेा पकरीया गाउँकी १३ बर्षे दलित बालिकाको सामुहिक बलात्कार गरेर चरम याताना दिई हत्या गरिएको हो ।
बलात्कारपछि बालिकाको बलात्कारीले आँखा फुटाएका थिए । त्यपछि उनको जिब्रोकाटे र घाटिमा डोरीले बाधेर खेतमा घिसारेर हत्या गरे ।
१४ अगस्टकाे दिउँसाे बालिका दिशा गर्न घरछेउकाे खेतमा गएकी थिइन् । तर उनी साझ सम्म पनि नफर्कएपछि परिवारले खाेजी गरेकेा थियाे । उनलाई परिवार र आफन्तले खोजी गर्दा नभेटाएपछि नाबालिका हराएकोबारे स्थानीय प्रहरीलाई समेत खबर गरे ।
अन्तिममा प्रहरीले बच्चीको शव उखुबारिमा फेला पारेको थियो । प्रहरीले लगत्तै पोस्टमार्टमका लागि शब अस्पताल पठाएको थियो । रिपोर्टमा उनीमाथि सामुहिक बलात्कार भएको उल्लेख छ ।
रिपोर्ट आएपछि घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका दिशा गर्न खेतमा गएकाे बेला स्थानीय दुइ युवाले बालिकालाइ नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेकेा प्रहरीले जनाएकाे छ । घटनाकाे अनुसन्धानमा संलग्न स्थानीय प्रहरीका अनुसार बालिका शाैच गर्न गएकाेबेला स्थानीय दुइ युवकले उनलाइ नियन्त्रणामा लिएर बलात्कार गरि हत्या गरेर उखुबारीमा फालिदिएका थिए । हत्या अघि बालिकालाइ चरम यातना दिइएकाे थियाे । बलात्कार गरेर उनकाेआँखा फुटाएर जिब्राे काँटी घाटिमा पासाे लगाएर घिसारेर यातना दिइ हत्या गरेपछि शवलाइ उखुबारीमा फालेका थिए ।
घटनापछि प्रहरीले साेहि गाउँमा शन्ताेस यादव र संजय गाैतमलाइ पक्राउ गरेकेा छ । १५ अगस्टमा प्राप्त रिपाेर्टमा बालिकाकाे सामुहिक बलात्कार भएकाे पाइएपछि परिवारले दिएकाे उजुरीका आधारमा उनीहरूबिरद्व सामुहिक बलात्कार र हत्याकाे अभियाेगमा मुद्वा दर्ता गरि अनुसन्धान अघि बढाएकाे छ ।
घटना सार्वजनिक भएपछि बीएसपी प्रमुख मायावतीले यस घटनालाई लिएर योगी सरकारको बिरोध गरेकी छन् । उनले आफ्नो ट्विटर अकाउंटमा, ‘यूपीको लखीमपुर खीरीको पकरिया गाउँमा दलित नाबालिकाको साथ बलात्कारपछि नृशंस हत्या अति दुःखद र निन्दनीय छ । यस्तो घटनाले समाजवादी पार्टी र वर्तमान बीजेपी सरकारमा के अन्तर रह्यो ? सरकार आजमगढ़को साथ खीरीको दोषिविरुद्ध पनि कडा कार्वाहि गरियोस् ।’भनेर लेखेकी छन् ।