एजेन्सी साउन ३२ । बेलारुसका राष्ट्रपति अलेक्जेन्टर लुकासेन्कोले देशमा प्रदर्शन चर्किदै गए पछि शान्ति सुरक्षा कायम गर्न रुसी राष्ट्रपति भ्लादीमीर पुटिन सहयोग गर्न तयार रहेको प्रतिकृया दिएका छन् ।
हालै सम्पन्न निर्वाचनमा सन् १९९४ देखि निर्वाचित राष्ट्रपति लुकासेन्को पुनः निर्वाचित भए पछि बिपक्षीहरु आन्दोलित छन् भने युरोप र अमेरीकाले निर्वाचन पारदर्शी नभएको भन्दै भत्र्सना गरेका छन् ।
यदी आवस्यकता पर्यो भने रुसले सुरक्षा सहयोग गर्नेछ, घण्टौ सम्म पुटिनसगँको टेलिफोन सम्पर्क पछि लुकासेन्कोले भने ।
बिपक्षी आन्दोलनकी नेतृ भने देश छाडेर हिडेकी छन् ।
उनले विदेशमै बसेर प्रदर्शनका लागि आव्हान गरेकी छन् ।
बेलारुसमा अशान्ति भए रुसलाई पनि खतरा हुने भन्दै युनियन स्टेटको रुपमा दुई देशको सम्बन्ध रहदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline