एजेन्सी साउन ३१ । बेलारुसमा विवादीत निर्वाचन पछि पनि प्रदर्शन जारी रहेको छ । विपक्षी निर्वासित नेतृ स्भेतलाना टिकानोभ्सकायाले लगातार देशभर प्रदर्शनको अपील गरेकी छन् ।
२६ बर्षदेखि निरन्तर बेलारुसमा शासन गरीरहेका एलेक्जेण्डर लुकासेन्को पुनः निर्वाचित भए पछि उनी देश छाडेर निर्वासित भएकी थिईन् ।
यो विवादित निर्वाचन प्रति अमेरीका र युरोपले निन्दा गरेका छन् ।
देशभर भईरहेका प्रदर्शनमा राष्ट्रपति अलेक्जेन्डरलाई राजीनामा गर्न दबाब बढीरहेको छ ।
प्रदर्शनका कैममा कैयौ घाईते भएका छन् भने ७ सय बढीलाई पक्राउ गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline