एजेन्सी साउन ३१ । राष्ट्रियता भन्ने वित्तिकै हरेक देशका नागरिकका लागि प्राण भन्दा ठूलो बिषय बन्छ । ईतिहासमा कतिपय देशका नेताहरुले देशै शक्तिशाली देशमा विलय गर्ने वा बुझाउने गरेको पनि देखिन्छ ।
तर मित्र राष्ट्र पाकिस्तानमा राष्ट्रियताप्रति अगाध आस्था देखिन्छ । उनीहरु खास गरी कास्मीर सहितका मुद्धामा भारतसगँ जहिल्यै शत्रुवत सम्बन्धमा रहेका छन् ।
अहिले कोरोना महामारीका बेला विश्वभर मास्क लगाउने चलन बढेको छ ।
यस्तोमा १४ अगष्टमा पाकिस्तानले ७३ औं स्वतन्त्रता दिवस मनायो । जुन बेला पाकिस्तानी सञ्चार माध्यममा प्रकाशित राष्ट्रपति आरिफ अल्भीले लगाएको मास्कमा पनि पाकिस्तानी झण्डा अकिंत गरिएको छ ।
सो दिवस पाकिस्तानले देशभर मनाएको छ । यस क्रममा राष्ट्रपति आरीफ र प्रधानमन्त्री ईमरान खानले भारतले कास्मीरको धारा ३७० हटाएकोमा आपत्ति जनाएका छन् ।
राष्ट्रपति आरीफलले जम्मु कास्मीरमा भारतीय सुरक्षाफौजबाट तीन दशकदेखि जनता पीडित रहेको बताए ।
प्रधानमन्त्री खानले देशको भूमि रक्षाका लागि ज्यान गुमाउने प्रति श्रदा व्यक्त गर्दै देशका जनताले केही चुनौती सामना गर्नु परेको भन्दै अब बिस्तारै परिस्थिति सहज हुने पनि बताए ।
उनले पनि कास्मीरी जनताको पीडा प्रति दुखः व्यक्त गर्दै भारतले सैन्य घेराबन्दी गरेर कास्मीरीलाई पीडा दिएको भन्दै कास्मीरका जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्नु पर्ने बताए ।
सन् १९४७ १४ अगष्टमा पाकिस्तान देश बनेको थियो । जसको नेतृत्व अलि जिन्नाले गरेका थिए ।