एजेन्सी २९ साउन । विश्मै सवैभन्दा धेरै २० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजन जंगलमा विशाल डढेलो फैलिन थालेको छ । अधिकाशं भाग ब्राजिलमा पर्ने अमेजन जंगलमा गत वर्षको भन्दा पनि भयानक डढेलो शुरु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।
गएको वर्षमा पनि अमेजन जंगलमा डढेलोले गर्दा ठूलो क्षति भएको थियो । यस वर्ष पनि यहाँ डढेलोले गर्दा ठूलो क्षति हुने अनुमान गरिएको छ ।
गत वर्ष जंगलको लाखौँ स्थानमा डढेलो लागेको थियो । योवर्ष पनि त्यस्तै डढेलो लागेको जनाइएको छ ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले यस घटनलाई झुटो भन्दै इन्कार गर्दैआएका छन् । उनले यस घटनालाइ नजर अन्दाज गरेको भन्दै उनको आलोचना पनि भएको छ ।जब कि ग्लोबल मिडियाले यसबारे विस्तृत समाचार तथा तस्बिर सार्वजनिक गरिसकेका छन् ।
राष्ट्रपति बोल्सेनारोले यसअघि कोरोनाभाइरस महामारीलाई पनि सामान्य रुपमा केही नभएको भन्दै यसबाट नडराउन भनेका थिए ।
बोल्सेनारो र उनकी पत्नी दुवैलाइ कोरोना भाइरस संक्रमण भएको थियो । जबकी उनले कोरोनालाइ सामान्य रुघाखोकी भएको भन्दै नडराउन आश्वासन दिएका थिए ।