रुसी स्वास्थ्यमन्त्रीद्धारा अब दुई साता पछि कोरोना भ्याक्सिनको पहिलो उत्पादन तयार हुने घोषणा

रुसी स्वास्थ्यमन्त्रीद्धारा अब दुई साता पछि कोरोना भ्याक्सिनको पहिलो उत्पादन तयार हुने घोषणा

रुसद्धारा विकसित कोरोना भ्याक्सिन बिरुद्ध अन्तराष्ट्रिय समुदायले उठाएका आशंका खारेज

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

एजेन्सी साउन २९ । रुसले विश्वमै सबै भन्दा पहिला कोरोना बिरुद्धको भ्याक्सिन तयार पारे पछि अमेरीका, बेलायत लगायतका देशले उठाएको आशंका खारेज गर्दै यस्तो प्रश्न र आशंका वाहियात भएको स्पष्ट पारेको छ ।
रुसी स्वास्थ्यमन्त्री मिखाईल मुरास्कोले रुसी समाचार एजेन्सी ईन्टरफ्याक्ससगँ कुरा गर्दै भने, हाम्रा विदेशी साथीहरुलाई रुसी दबाई प्रतियोगीतामा अगाडी आयो र यसको फाईदाको अनुमान भयो होला र यस्तो प्रश्न उठाउदैछन् जो विलकुल गलत छ ।
उनले औपचारीक रुपमा यो भ्याक्सिन अब दुई हप्तामा पहिलो उत्पादन आउने र त्यो शुरुमा चिकित्सकहरुलाई लगाईने पनि स्पष्ट पारे ।
त्यस पछि अक्टुबर महिनाबाट करोडौ रुसी जनतालाई भ्याक्सिन दिन थालिने पनि जनाईएको छ ।
यस अघि रुसी राष्ट्रपति भ्लादीमीर पुटिनकी छोरीलाई यो भ्याक्सिन दिईएको थियो ।
विश्व स्वास्थ्य संगठन, अमेरीका, बेलायत र केही युरोपेली देशहरुले यो भ्याक्सिनमाथि आशंका जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी